‘बिग सि. जी. डे २/३/२३’ घोषणा

लोकपथ
14
Shares

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सि. जी. डिजीटल ई. कमर्स ले बिगतमा जस्तै ‘बिग सि.जी. डे २/३/२३’ योजना फेरी पनि ल्याएको छ । बिग सि.जी. डे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा सि.जी. डिजीटल ई कमर्सले मनाउदै आएको पनि जानकारी गराएको छ ।

यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यहि मार्च ०२ देखी मार्च १० गते सम्म उपलब्ध हुनेछ । यस योजनामा निशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट र सरल किस्ताबन्दि, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरुलाई १२५ सम्मको थप विशेष छुट जस्ता विशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको छ ।

बिग सि.जी.डे २/३/२३मा सि.जी ग्रुप अन्तर्गत सि.जी.इलेक्ट्रोनिक्स, सि.जी. फुड्स, सि.जी. नेट, सि.जी. हिल्स्, सि.जी. एजुकेशन, सि.जी. हस्पिटालिटीका विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?