काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय समितिको बैठकमा पहिलो पटक सहभागी भएका छन् ।
बुधवार आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्ड सहभागी भएका हुन् ।
बैठकमा कर्मचारी समायोजन अध्यादेशको विषयमा छलफल हुँदैछ ।
उनले बैठकमा आफू पहिलो पटक सहभागी भएको र अब समिति बैठकमा नियमित आउने जानकारी दिए ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पहिलो पटक सहभागी भएको अध्यक्ष प्रचण्डले कर्मचारी समायोजनको विषय नयाँ संविधान जारी भएपछिको सबैभन्दा संवेदनशील विषय भएको बताए ।
साथै उनले प्रदेश र स्थानीय तहमा कर्मचारी अपुग भएको गुनासो आएको भन्दै संघीयताको मान्यता अनुसार प्रदेश र स्थानीय तहमा आवश्यकताका साथ कर्मचारी समायोजन गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया