काठमाडौं । डा. गोविन्द केसीले आजबाट शुरु हुने हिउँदे महाधिवेशनमा चिकित्सा शिक्षा विधेयकबारे थप छलफल गर्न आवश्यक नरहेको बताएका छन् ।
डा. केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई चिकित्सा शिक्षा विधेयकबारे थप छलफल आवश्यक नभएको जवाफ दिएका हुन् ।संसदको
स्वास्थ्य समितिले विधेयकलाई अन्तिम रुप दिनुअघि डा. केसीसँग छलफल गर्ने निर्णय गरेको थियो । तर, डा. केसीले ‘चिकित्सा शिक्षा विधेयकबारे थप छलफल आवश्यक छैन’ भन्ने जवाफ दिएका छन् ।
यसको जिम्मा सत्तारुढ नेकपाका सांसद योगेश भट्टराई र विपक्षी कांग्रेसका गगन थापालाई दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया