ओलीको पालो मिचेर १ घण्टा ४५ मिनेट बोले प्रचण्ड, ओलीको पालो भोलि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राखेका छन् ।

गत मंसिर २९ गतेदेखि शुरु भएको स्थायी समितिको आजको बैठकमा अध्यक्ष प्रचण्डले १ घण्टा ४५ मिनेट आफ्नो धारणा राखेका थिए । 

बुधवार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका लागि जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताए ।

अध्यक्ष प्रचण्डले दुई अध्यक्षले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे पार्टीका नेताहरुले दिएको सुझावलाई समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नु पर्ने पनि धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो धारणा राख्ने कार्यसूचि रहेको थियो । तर, अध्यक्ष प्रचण्डले १ घण्टा ४५ मिनेट आफ्नो धारणा राखेपछि प्रधानमन्त्री ओलीलाई समय अपुग भएको थियो । अब प्रधानमन्त्री ओलीले भोलि (बिहीवार)को बैठकमा मात्र आफ्नो धारणा राख्ने भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?