जनताका लागि माओको योगदान अविस्मरणीय : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी जनताका लागि माओको योगदान अविस्मरणीय रहेको बताएका छन् । 

चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङको जन्मजयन्तीको अवसरमा आज (बुधवार)एक शुभकामना सन्देशमाफर्त सो कुरा बताएका हुन् । 

उनले महान् नेता माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाएका स्मरण गरेका छन् । 

माओले विकास गरेका दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?