बालुवाटारमा प्रधानमन्त्रीसँग ओलीको ‘वान टू वान’ वार्ता

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

केहीबेरअघि ओली प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।

उनीहरुबीच केहीबेर अघिबाट ‘वान टू वान’ वार्ता शुरु भएको स्रोतले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनको मनोनयनको मिति नजिकिएसँगै वर्तमान सत्ता गठबन्धनले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दै सर्वसम्मतीमा निर्णय गर्नुपर्ने अडान लिएपछि सत्ता गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि गठबन्धनभित्रको राजनीति थप अफ्ठ्यारो बनेको छ ।

यता नेपाली कांग्रेसले पूरानै माओवादी कांग्रेससहितको गठबन्धन ब्यूताउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?