बुद्ध एयरको विमानमा चरा ठोक्किएपछि…(भिडियोसहित)

लोकपथ
252
Shares

काठमाडौं । उडिरहेको बुद्ध एयरवेजको विमानमा चरा ठोक्किएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला बुद्ध एयरको विमानमा चरा ठोक्किएको हो ।

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । ‘इस्यू ब्रो’ नामक फेसबुक प्रयोगकर्ताले उक्त भिडियो अपलोड गरेका छन् । भिडियोमा विमानमा चरा ठोक्किएको देखिन्छ र त्यसपछि चरा आकाशबाट भुइमा खसेको देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो : 

https://www.facebook.com/100001266646918/videos/pcb.6227665030618990/1948393818844147

 

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले भने बुद्ध एयरका कुनैपनि विमानमा चरा नठोक्किएको दाबी गरे ।  ‘विमानमा कुनै चरा ठोक्किएको भए हामीले रिपोर्ट गर्नुपर्ने हुन्छ । उक्त भिडियो मैले पनि सामाजिक सञ्जालमा देखेँ । भिडियोमा विमानमा चरा नठोकिएको तर विमानको आवाज र हावाको बाहाबका कारण चरा भुइमा खसेको हुन सक्छ ।’ कर्णले भने ।

सूचना अधिकृत कर्ण अनुसार विमानमा कुनैपनि रगतका टाटाहरु भेटिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?