काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्याय सेवामा भित्रैबाट हुने विरोधको सामना गर्दै न्याय सेवालाई अझ बढी व्यवसायिक र व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।
शनिवार आठमाडौंमा आयोजित नेपाल कानून व्यवसायी परिषद्को रजत महोत्सवको अवसर बोल्दै प्रधानन्यायाधीश मिश्रले न्याय सेवामा भित्रैबाट हुने विरोधको सामना गरेर भएपनि न्याय दिलाउने आफ्नो लक्ष्यमा बिचलित नभई अझ बढी क्रियाशील भएर अघि बढ्न कानून व्यवसायीहरुलाई निर्देशन दिएका छन् ।
साथै न्याय सेवामा थपिएको दायित्व पूरा गर्न समेत कानून व्यवसायीहरुले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
सो कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, राधेश्याम अधिकारी, कृष्णप्रसाद पन्त, विश्वकान्त मैनाली, प्रेमबहादुर खड्का, सिन्धुनाथ प्याकुरेल, शम्भु थापा, राजेन्द्रबहादुर साउदलाई अभिनन्दन पनि गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया