काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका नवनियुक्त प्राज्ञसभा सदस्यहरुले अन्तरिम संविधान २०६३ अनुुसार शपथग्रहण गरेको पाइएको छ ।
प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरुलाई नेपालको संविधान २०७२ नभइ अन्तरिम संविधान ०६३ अनुसार शपथ गराइएको भन्दै आलोचना भइरहेको छ ।
नवनियुक्त प्राज्ञसभा सदस्य बाबुराम ढकाल (विप्लव ढकाल) ले सामाजिक सञ्जालमा शपथको पत्र बाहिर ल्याएसँगै सो तथ्य बाहिर ल्याएका हुन् ।
बौद्धिक व्यक्तिहरुको थलोको रुपमा हेरिने प्रतिष्ठानमा त्रुटि भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
शपथमा भनिएको छ, ‘..नेपाल राज्यको सम्पूर्ण अधिकार व्यवस्थापिका–संसदले नै प्रयोग गर्ने गरी व्यवस्था भएको नेपालको अन्तरिम संविधान, २०६३ प्रति पूर्ण वफादार रही प्राज्ञ सभा सदस्य पदको कामकाज प्रचलित कानूनको अधीनमा रही, कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई, इमानदारीसाथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारी भएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन ‘ ।
नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को अनुसूचीमा रहेको शपथमा अन्तरिम संविधान उल्लेख गरिएकोमा ७२ पछि उक्त वाक्यांश स्वतः खारेज भएको छ । तर उक्त शब्द नसच्याई शपथ गराइएको भन्दै प्रश्न उठेको हो ।
संकृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भुपाल राईलाई नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया