नुवाकोट । जिल्लाको दाङसिङ चैतपुरमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
बिहीबार अपरान्ह बट्टारबाट चैनपुर जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो ।
२ जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) किरण थापाले लोकपथलाई जानकारी दिए ।
‘दुई जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि ल्याउने क्रममा मृत्यु भएको हो । अन्य घाइतेहरुलाई अस्पताल ल्याउने क्रम जारी रहेको छ ।’ उनले भने ।
उक्त बसमा २५ जना यात्रु सवार रहेको उनले बताए ।
घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीमा राखिएको छ । भने थप तीन जनालाई काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया