तत्काल इन्टरनेटका तार नकाट्न उच्च अदालत पाटनको आदेश

लोकपथ
21
Shares

काठमाडौं । उच्च अदालत पाटनले इन्टरनेटको तार नकाट्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले सो विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

भाडा नतिरेको, सम्झौता नवीकरण नगरेको भन्दै प्राधिकरणले तार काटिरहेको छ ।

आइस्पानले प्राधिकरणले पटकपटक तार काट्नेदेखि इन्टरनेट उपकरण जफत गर्नेलगायतका काम गरिरहेको भन्दै निषेधाज्ञायुत आदेश मागेको थियो ।

आगामी फागुन १६ गतेका लागि उक्त मुद्दाको पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?