यातायात मजदुरको आन्दोलनले काठमाडौंमा सार्वजनिक सवारी बन्द

लोकपथ
49
Shares

काठमाडौं । यातायात व्यवसायीहरुको मजदुर संगठनले गरेको बन्दका कारण काठमाडौंमा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ ।

सोमबार दिनभर आन्दोलन गरेका यातायात मजदुरहरुले मंगलबार (आज) उपत्यकाको यातायात सेवा बन्द गर्ने घोषणा गरेका थिए ।

सोही अनुसार काठमाडौंमा आज बिहानैबाट यातायात सेवा प्रभावित बनेको छ । निजी सवारी साधनहरु सञ्चालनमा रहे पनि लामो तथा छोटो दूरीका सार्वजनिक यातायातहरु भने बन्द छन् ।

ट्राफिक प्रहरीले चेकजाँचमा चर्को शुल्क लिएको भन्दै सोमबार नयाँ बसपार्कबाट शुरु भएको प्रदर्शनले उग्र रुप लिएको थियो । प्रदर्शनको क्रममा केही प्रहरीहरु घाइते समेत भएका थिए । यता प्रदर्शनकारीहरुले माछापोखरी चोकमा प्रहरीको दुई वटा भ्यान समेत जलाएका थिए ।

सार्वजनिक यातायातहरु बन्द हुँदा हजारौँ सर्वसाधारण मारमा परेका छन् । यता सरकारले वार्ता गर्ने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?