नयाँ बसपार्कमा आन्दोलनकारीहरुले गरे एम्बुलेन्स तोडफोड

लोकपथ
392
Shares

काठमाडौं । यतीबेला काठमाडौंको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । यातायात व्यवसायी र मजदुरहरुको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले हवाइ फायर समेत गरेको छ भने आन्दोलनकारीहरुले एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।

सोमबार अपरान्ह यातायात व्यवसायी र मजदुरहरुले प्रहरीको गाडी नै तोडफोड र आगलागी गरेका छन् । आगलागीका कारण प्रहरीको दुईवटा भ्यान पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

No description available.

विभिन्न मागसहित आज दिनभर सो क्षेत्रमा यातायात व्यवसायी तथा मजदुरहरुले आन्दोलन चर्काएका थिए । ट्राफिकले चेकजाँचमा बढी शुल्क लिएको साथै पार्किङ शुल्क बढी लिइएको र यातायात मजदुरहरुको सुरक्षा नभएको भन्दै आन्दोलन गरेका थिए ।

No description available.

सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भोलि उपत्यकाभर यातायात चल्न नदिने व्यवासायी तथा मजदुरहरुले चेतावनी दिएका छन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारीको ढुंगा लागेर केही प्रहरी समेत घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?