काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीयतहले पनि राष्ट्रिय शिक्षा नीतिअनुरुप कै नीति तय गर्नुपर्ने बताएका छन् ।
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
“अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएको छ । तर, यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउँदै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताएका छन् । “यस वर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान शुरु ग¥यौं” प्रधानमन्त्री ओलीले भने, “आगामी वर्ष भित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुँदैन् ।”
नेपालीहरु विद्धवान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुची अनुसारको अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताएका छन् । अभिभावक र विद्यालयको रुचीअनुसार पढिदिनु पर्दा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रष्फुरण गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ । “महंगो शुल्क लिएर पढाइ रहेका निजी विद्यालयहरुलाई पनि म भन्न चाहँन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस” प्रधानमन्त्री ओलीले भने, “विद्यार्थीको रुचीअनुसारको विषयतपाईंको विद्यालयमा पढाइ हुँदैन भने उनीहरुलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस ।”
नेपाललाई विकासमा नेतृत्व गर्न सक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरु छनौट गरेर पठनपाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया