काठमाडाैं । वीरेन्द्रनगरमा बसको ठक्करबाट ६६ वर्षीय नदी रावतको मृत्यु भएको छ । रावतलाई आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा उनलाई बसले ठक्कर दिएको थियो । बसले ठक्कर दिएर मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन् ।
उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले वीरेन्द्रनगर बजार बन्द गराएका छन् । स्थानीयहरुले वीरेन्द्रनगरका यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।
हाल बसका चालक फरार रेहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण शाहीले जानकारी दिए । डिएसपी शाहीका अनुसार बसलाई नियन्त्रणमा लिइएको छ भने फरार बस चालकको खोजी कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया