काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् ।
बुधवार साँझ सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा नेता पौडेलले सो प्रस्ताव गरेका हुन् ।
बैठकमा उनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेका पत्रसहित १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।
उनले महाधिवेशनको कार्यतालिकासँगै पार्टीको संगठानात्मक सुधारका लागि प्रशिक्षण र निर्वाचमुखी कार्यक्रमहरु समेत अगाडि सारेका छन् ।
पौडेलको प्रस्तावित कार्यतालिकामा के छ ?
– २०७५ पुस १६ देखि २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित सदस्यता वितरण अभियान चलाउने ।
– ०७६ असोज मसान्तसम्म क्रियाशील सदस्यता वितरण, नविकरण गर्ने, सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने ।
– ०७६ मंसीर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा, गाउँपालिका, नगरपाकिा, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन सम्पन्न गर्ने ।
– ०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने ।
– ०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने ।
– ०७६ फागुन ७ गते केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने ।
– ०७६ चैतबाट २०७७ असोज मसान्तसम्म नवनिर्वा्चित सबै तहका समितिहरुको बैचारिक तथा संगठनात्मक प्रशिक्षक, प्रशिक्षण तालिम संचालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने ।
– चैत मसान्त सम्म जनसरोकारका कार्यक्रमहरु अभियानका रुपमा संचालन गर्ने ।
– ०७८ बैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने ।
तर, पार्टी उपसभापति विमलेन्द्र निधिले भने महासमिति बैठक चलिरहेका बेला महाधिवेशनको कार्यतालिका प्रस्ताव हुन नसक्ने बताएका छन् ।
उनले भने, ‘पौडेलले प्रस्ताव गरेको महासमितिको कार्यतालिका औपचारि छलफलको विषय होइन् ।’
‘कार्यतालिका पार्टीको संस्थागत रुपमा आउने हो, व्यक्तिगत रुपमा आएको कार्यतालिकालाई एजेण्डाको रुपमा स्वीकार गर्न सकिन्न’ निधिले भने ।
सभापति देउवालाई सम्बोधन गरेर दिइएको कार्यतालिकासहितको पत्रमा पौडेलले महासमिति बैठक पश्चात विलम्ब नगरिकनै पार्टी संगठनलाई सुदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
उता सभापति देउवाले भने पौडेलको उक्त प्रस्ताव प्रति कुनै प्रतिक्रिया जनाएका छैनन् ।
संस्थापन इतरपक्षमा रहेका १२ केन्द्रीय सदस्यले पार्टी संगठनको सुधारका लागि शिघ्र महाधिवेशनको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया