काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक बिहिबार बिहान ३ घण्टा छलफल गरी स्थगित भएको छ ।
गत शनिबारबाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी ओली र प्रचण्डले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको थियो ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान तीन घण्टा बसेको बैठकमा ८ जना सदस्यले आ–आफ्नो धारणा राखेर स्थगित भएको हो ।
बैठकमा नेताहरु किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, मातृका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका हुन् ।
बैठक भोलि (शुक्रबार) पनि जारी रहने छ ।
बैठकमा बोल्ने अधिकांशले पार्टी नेतृत्व र सरकारको कार्यशैलीको चर्को आलोचना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया