काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले ७५३ तहमा कालोपत्रे सडक पु¥याउने उद्देश्य लिए पनि काम हुन नसकेको बताएका छन् । खतिवडाले ओखलढुंगाका स्थानीय तहमा नै कालोपत्रे सडक नपुगेको भन्दै कहाँ कस्तो अवस्था छ ? भन्नेबारे भौतिक पूर्वाधार मन्त्रीसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले सरकारले प्रत्येक गाउँपालिकामा कालोपत्रे सडक पु¥याउने कुरा के भइरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
‘ओखलढुंगामा त पुगेको छैन, अन्यत्र के कसो छ ? कहिलेसम्म पु¥याउने हो ?,’ उनले मन्त्रीसँग जवाफ माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया