काठमाडौं। नेपाल सरकारले विश्वका विभिन्न देशमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेर हेल्पडेस्क राख्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया