उदयपुरमा २२ वर्षीया महिला बलात्कृत

लोकपथ
63
Shares

उदयपुर । उदयपुरमा एक महिला बलात्कृत भएकी छिन् ।  २२ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

परियारले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?