काठमाडौं । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ नेपाली कांग्रेस महासमिति बैठक चलिरहेका बेला बैठक परिस बाहिर हिन्दूराष्ट्रको लागि भन्दै हस्ताक्षर संकलन भइरहेको छ ।
नेपाली कांग्रेसको विधान र संविधानमा नै सनातन हिन्दूराष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन शुरु गरिएको हो ।
नेपाली कांग्रेसको महसमिति बैठकको एजेण्डा भित्र नेपाललाई हिन्दूराष्ट्रका रुपमा स्थापना गराउनु पर्ने विषय समावेश नभएको भएपनि बैठक परिसमा हिन्दु राष्ट्र कायम गर्ने पर्छ भन्दै दबाबका लागि हस्ताक्षर संकलन भइरहेको छ । महासमिति सदस्य, कांग्रेस समर्थक शुभेच्छुकहरु, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, निवर्तमान केन्द्रिय सदस्य तथा पर्यवेक्षक गरि सात सय १७ जनाले हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेस पार्टीका धारणाहरु केन्द्रीय समितिको राजनीतिक प्रस्तावमा स्पष्ट भएको कांग्रेसका नेता गगन थापाले बताए । राजनीतिक प्रस्तावमा चारवटा कुराहरु प्रष्टसँग उल्लेख भएको थापाको भनाई छ ।

पहिलो, धर्म व्यक्तिको नीजि आस्थाको विषय हो । मानिसले आफ्नो धर्मको छनोट आफै गर्न पाउनुपर्छ । त्यहाँ राज्य र कुनै पनि व्यक्तिको हस्तक्षेप हुनेछैन ।
दोस्रो, मानिसले आफ्नो धर्मको अभ्यास गर्न पाउँछ तर जबरजस्ती धर्मपरिवर्तन गराउने काम चाहिँ अपराध हो ।
थापाले भने, “अहिले धर्म धन्दाको रुपमा व्यवसायको रुपमा चलिआएको छ, यो गलत हो ।”
थापाले भने, “अहिले धर्म धन्दाको रुपमा व्यवसायको रुपमा चलिआएको छ, यो गलत हो ।”
तेस्रो, नेपालमा धार्मीक स्वतन्त्रता छ र राज्यले त्यसको रक्षा पनि गर्नु पर्छ । सबैले आफ्ने धर्मको अभ्यास गर्न पाउँछ तर जति धर्महरु सनातन देखि चलि आएका छन् खासगरि बौद्ध धर्म, किरात धर्म, हिन्दु धर्म र प्राकृतिक धर्महरु छन् यसको संरक्षण गर्ने काम पनि राज्यको नै हो ।
“हामी सनातन धर्मको रक्षा होस भन्ने चाहान्छौं । तर धार्मीक अल्पसंख्यकको पनि सम्मान गर्नु हाम्रो अर्को पक्ष हो ।”
चौथो, धर्म व्यक्तिको आस्था हो भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ । धर्म परिर्वतन गराउने धन्दा रोकिनु पर्छ । धर्मको नाममा राजनीति गर्ने पनि फेरी आर्को धन्दा हो भन्ने पनि नेपाली कांग्रेसको राजनीतिक प्रस्तावमा स्पष्ट छ ।
नेपाली कांग्रेसको राजनीतिक प्रस्तावमा भएका कुरा कांग्रेस भित्रै कसैलाई चित्त नबुझ्नु स्वभाविक भएको थापाको धारण छ ।
“अब तपाईको विचार नै राख्न पाईदैन भनेर निषेध नै गर्नु त भएन” , थापाले भने, “साथिहरुलाई लागेको कुरा बकाईदा राख्नपाउनु पर्छ र त्यसमा छलफल चल्नुपर्छ ।”
“अब तपाईको विचार नै राख्न पाईदैन भनेर निषेध नै गर्नु त भएन” , थापाले भने, “साथिहरुलाई लागेको कुरा बकाईदा राख्नपाउनु पर्छ र त्यसमा छलफल चल्नुपर्छ ।”
पार्टी भित्र भएका असमतिहरुलाई छलफल बाटै मिलाउनु पर्छ भन्ने धारण गगनको छ ।
भन्छन्, “पार्टीले विवेक पूर्ण ढङ्गबाट सबै निर्णय गर्दै आएको छ । संबिधान प्रतिको आफ्नो प्रतिबद्धतालाई सम्झिएर, नेपाली राज्य र समाजप्रतिको कर्तव्यबोधका साथमा उपयुक्त निर्णय पार्टीले धर्मको विषयमा गर्छ । यसमा म ढुक्क छु ।”
हिन्दूराष्ट्र हस्ताक्षर संकलन अभियानको स्टल अगाडी, नेपाली कांग्रेसका महासमिति सदस्य कृष्ण बहदुर मल्ल एउटा पानामा हस्ताक्षर गराउन व्यस्त देखिए ।
लोकपथले उनलाई प्रश्न ग-यो, किन नेपालमा हिन्दु राष्ट्रका रुपमा स्थापना गराउनु पर्छ ?
मल्लले भने, “नेपालमा १०४ वर्ष एउटा वंशले शासन ग¥यो, एउटा परिवारले, एउटा वंशले शासन मात्र हैन शोषण ग-यो भनेर त्यसका बिरुद्धका कांग्रेसको स्थापना भएको हो । ९५ प्रतिशत ओम कार परिवार, ८२ प्रतिशत हिन्दु भएको देशमा उनीहरुको आस्था माथिनै मुलुकको प्रधानमन्त्री कारिन्दा भएर आक्रमण गरेको हामीलाई महसुस भएको छ ।”
मल्लले भने, “नेपालमा १०४ वर्ष एउटा वंशले शासन ग-यो, एउटा परिवारले, एउटा वंशले शासन मात्र हैन शोषण ग¥यो भनेर त्यसका बिरुद्धका कांग्रेसको स्थापना भएको हो । ९५ प्रतिशत ओम कार परिवार, ८२ प्रतिशत हिन्दु भएको देशमा उनीहरुको आस्था माथिनै मुलुकको प्रधानमन्त्री कारिन्दा भएर आक्रमण गरेको हामीलाई महसुस भएको छ ।”

नेपालको संबिधानमा धर्म निरपेक्षता लेखिदै गर्दा त्यति बेला पनि नेपाली कांग्रेसको स्थानिय तह देखि केन्द्रिय कार्यसमिति सम्म पनि हिन्दु धर्म हुनैपर्छ भनेर खबरदारी भएको मल्लको भनाई छ ।
यद्यपि तत्कालीन अबस्थामा संबिधान जारी गर्ने पर्ने नेतृत्बको बाध्यता भएकाले संबिधान जारी भएको उनको बुझाई छ ।
भन्छन्, “यती धेरै नेपालीहरुको आस्थामथि आक्रमण भइरहेका बेला महासमितिका एक हजार जना सदस्यहरुले हस्ताक्षर गरिसकेका छन् । महासमितिका केन्द्रिय सभापतिलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि तय भइसकेको छ ।”
नेकपा आफै नेपालीहरुको आस्था, धर्म, संस्कृतीमा आँच आउने गरी क्रिश्चियनको कारिन्दा भएर मुलुको प्रधानमन्त्रीले आक्रमण गरिरहेका बेला त्यसका विरुद्धमा र धर्म संरक्षणको पक्षमा नेपाली कांग्रेस उभिनु पर्छ भन्ने मान्यताका साथ यो अभियान शुरु गरेका मल्लले बताए ।
पार्टीले कुनै पनि एउटा मात्र धर्मको पक्षमा वकालत गर्नु ठिक नभएको नेपाली कांग्रेसका महासमिति सदस्य प्रमिला योन्जनको भनाई छ ।
भन्छिन्, “नेपालले जारी गरेको संबिधानमा धर्म स्वतन्त्रता सहितको धर्म निरपेक्षताको कुराहरुलाई किटान गरेको छ । र त्यसमा कांग्रेसको पुरा सर्मथन पनि रहेको छ । धर्मको कुरालाई उठाएर पार्टीलाई नै कमजोर बनाउने कुरा चाँही एकदम गलत हो ।”

भन्छिन्, “नेपालले जारी गरेको संबिधानमा धर्म स्वतन्त्रता सहितको धर्म निरपेक्षताको कुराहरुलाई किटान गरेको छ । र त्यसमा कांग्रेसको पुरा सर्मथन पनि रहेको छ । धर्मको कुरालाई उठाएर पार्टीलाई नै कमजोर बनाउने कुरा चाँही एकदम गलत हो ।”
नेपालमा हिन्दु धर्म कायम हुँदा हुने चाहिँ के ? नेपाली कांग्रेसका महासमिति सदस्य कृष्ण प्रसाद सुबेदीले सिधा प्रश्न गरे ।

हिन्दु धर्म नै स्थापना हुनु पर्छ भन्दा अरु धर्मलाई अपमान गर्ने उद्येश्य नभएको उनले बताए ।उनले फेरी प्रश्न गरे, “हिन्दु धर्म हटाउनु पर्ने कारण चाहीँ के ? राख्दा के बिग्रन्छ ? त्यसैले हिन्दु धर्म हुनै पर्छ ।”
नेपाली कांग्रेसकै नेतृत्वमा संबिधान घोषणा भएकाले अब संबिधानलाई अपनाउने कि हैन भन्ने प्रश्न नेपाली कांग्रेसमा खडा भएको नेपाली कांग्रेसका महासमितिका सदस्य विनोद प्रसाद कायस्थको भनाई छ ।

“कुनै पनि जीवन्त पार्टी भित्र धर्म अथवा कुनै पनि अरु विषयमा भिन्नभिन्नै विचारहरु आउनु स्वभाविक पनि हो ।” कायस्थले भने, “पार्टी भित्रै उठेका यि विविध विचारहरुलाई पार्टीले एउटा दिशा दिनु चाहिँ जरुरी छ । नेपाली कांग्रेसको यो महासमितिको बैठकले धर्मको कुरामा पनि यहि नै हो भनेर ठोस निर्णय दिन जरुरी देखिएको छ ।”
लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष, लाक्पा शेर्पाले कांग्रेस शुद्ध कांग्रेस भएकाले कुनै पनि धर्म तिर नलागेको दाबी गरेका छन् ।
उनले भने, “राप्रपाले हिन्दु धर्म कायाम गर्नु पर्छ भनेर माईतिघर मण्डलाबाट नयाँ बानेश्वर सम्म हिँडाएकै हो । नारा पनि लगाएकै हो । त्यो अहिले कहाँ पुग्यो त खै ?”
उनले भने, “राप्रपाले हिन्दु धर्म कायाम गर्नु पर्छ भनेर माईतिघर मण्डलाबाट नयाँ बानेश्वर सम्म हिँडाएकै हो । नारा पनि लगाएकै हो । त्यो अहिले कहाँ पुग्यो त खै ?”

राप्रपा त्यस कदमको कुनै पनि निष्कर्ष नभएकाले नेपाली कांग्रेसले पनि गम्भिर भएर सोच्ने बेला आएको उनले बताए । धर्म आफ्नो आस्था अनुरुप हुनुपर्ने उनको बुझाई छ । धर्मकै कुराहरु उठाएर पार्टी भित्रै समूहहरु बन्न थाले भने नेपाली कांग्रेसलाई माथि जाने ठाँउ नभएको उनले ठोकुवा गरेर भने ।
नेपाली कांग्रेसका महासमितिका सदस्य उत्तर बहादुर ऐरले, नेपाल देव भूमि भएकाले हिन्दु राष्ट्र नै हुनुपर्नेमा जोड दिए ।
९३ प्रतिशत मानिसहरुको स्वाभिमान माथि आँच आउने गरेर, जनतालाई र संसदलाई कुनै पनि जानकारी बिना नै संबिधानमा धर्मको स्वतन्त्रताको कुराहरुलाई समाभेष गरिएका उनले नेपाली कांग्रेसका नेतृत्वमा रहेकाहरुलाई आरोप लगाएका छन् ।
संबिधान घोषण हुनु भन्दा पनि अघि ८० प्रतिशत भन्दा बढि मानिसहरुले हिन्दु धर्म सहितको धर्म निरपेक्षता हुनुपर्छ भनेर सुझाव दिएका र ति सबलाई व्यवस्था गरेर सिमित मान्छेको मात्र धारणा राखेर डलरको आडमा नेपाललाई धर्म निरपेक्षता बनाईएको उनले बताए ।
संबिधान घोषण हुनु भन्दा पनि अघि ८० प्रतिशत भन्दा बढि मानिसहरुले हिन्दु धर्म सहितको धर्म निरपेक्षता हुनुपर्छ भनेर सुझाव दिएका र ति सबलाई व्यवस्था गरेर सिमित मान्छेको मात्र धारणा राखेर डलरको आडमा नेपाललाई धर्म निरपेक्षता बनाईएको उनले बताए ।

धर्म निरपेक्षतो नेपाली कांग्रेसको धारणा नभएको र नेतृत्वले नै व्यवस्था गरेको उनले गुनासो गरे ।
भने, “संबिधान भनेको नेपाली कांग्रेसको नेतृत्व त हो नै । सबैको सहमतिको दस्तावेज पनि हो । त्यसैले यसमा नेपाली कांग्रेसको पूर्ण रुपको धारण नभएकाले हिन्दु राष्ट्रसहितको धर्म निरपेक्षता हुनुपर्छ भनेर मत जाहेर गरेका छौं ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया