कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर गर्ने

लोकपथ
39
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कस्टुमर–डे को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक कस्टुमर–डे को रुपमा समेत मनाउँदै आएको छ ।

सोही अवसरमा यही माघ २६ गते निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा आफ्नो ग्राहकहका लागि निःशुल्करुपमा स्वास्थ्य जाँच तथा विभिन्न परीक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहलपुर नगरपालिका–११, नेपालगंजस्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?