प्रतिबन्धपछि भारतिय नोट धमाधम फिर्ता लगिदैं

वीरगञ्ज । सरकारले नेपालमा एक सय भन्दा माथिको भारतिय नोटमा लगाएको प्रतिबन्धसँगै भारु भारततर्फ फिर्ता पठाउन थालिएको छ । 

नेपालमा बाँकी रहेको भारु भारततर्फ फिर्ता पठाउन थालिएको बताइएको छ । नेपाल र भारतको सिमा क्षेत्रका व्यापारी र व्यवसायीहरुले ठुलो परिमाणमा भारु राखेको अनुमान गरिएको छ ।

यसैबीच पर्सा प्रहरीले एक भारतीय नागरिकलाई नगद ५ लाख ६२ हजार भारु सहित पक्राउ समेत गरेको थियो । पर्सा प्रहरीले कपडाको थैलीमा ५ सयको ११ सय २४ थान गडिसहित ५ लाख ६२ हजार भारु विरगञ्जबाट रक्सौलतर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । 

पक्राउ पर्नेमा बिहार पूर्वीचम्पारणका ओमप्रकाश साह रहेका छन्। प्रहरीका अनुसार नेपालमा बाँकी रहेका भारु भारततर्फ लैजाने क्रम बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?