खेलमन्त्री भन्छन्- ‘खेल क्षेत्रको विकास नभएसम्म देश समृद्ध बन्दैन’

काठमाडाैं । नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् । 

शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुगेका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताएका हुन् । 

फुटबल खेल देश तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र यस्तै नगरस्तरका खेलबाट नै खेलाडीहरु राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुग्ने विश्वास रहेको मन्त्रीले बताए ।

नगरस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रथम भएको शङ्खरापुर नगरपालिका-९ लाई एक लाख, दोस्रो भएको वडा नं २ लाई ५० हजार र तेस्रो बनेको वडा नं १ लाई २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रद्वारा मन्त्री विश्वर्कमाले सम्मान गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?