काठमाडौं । देशमा समृद्धि ल्याउन नेपाली कांग्रेसलाई लगातार ३ वटा चुनाव जिताउन पर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
काठमाडौंमा शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्दै प्रवक्ता शर्माले सो बताएका हुन् ।
महासमिति सदस्यहरुलाई कांग्रेसले १५ वर्ष शासन गर्ने गरी लगातार चुनाव जिताउने संकल्प गर्न शर्माले आग्रह समेत गरेका छन् ।
वीपी कोइरालाले १५ बर्ष कांग्रेसले जित्यो भने मुलुक समृद्ध बनाउन सकिन्छ भनेको स्मरण गर्दो र गराउँदै शर्माले सबैले महासमितिको बैठकमा लगातार १५ वर्ष चुनाव जितेर मुलुकलाई समृद्धीको दिशामा लाने संकल्प गर्नु पर्ने बताए ।
उनले जारी महासमितिको बैठकपछि पार्टीलाई एकताबद्ध बनाएर देशलाई बनाउन सक्ने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया