पल शाहलाई सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन

लोकपथ
364
Shares

काठमाडौं । सरकारी वकिलको कार्यालयले अभिनेता पल शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ ।

पलका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार गत भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो ।

अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका पल गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?