काँग्रेस महासमिति बैठकको कार्यतालिका सार्वजनिक

काठमाडौं–नेपाली काँग्रेसको महासमिति बैठकको कार्यतालिका सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक कार्यतालिका अनुसार मंसिर १८ गते पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह २ देखि ५ बजेसम्म प्रतिनिधिहरुको दर्ता तथा स्वागत कार्यक्रम राखिएको छ ।

यस्तै मंसिर १९ गते बिहान ११ बजे गयम्बर पार्टी प्यालेसमा बैठकको औपचारिक उद्घाटन हुनेछ ।

पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार उद्घाटन समारोह समापन लगतै सोही पार्टी प्यालेसमा बन्द सत्र प्रारम्भ  हुने छ । उनका अनुसार बन्दसत्र पुस १, २ र ३ गतेसम्म चल्नेछ ।

बन्दसत्रमा पार्टीको रणनीति, संशोधित विधान लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?