काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरेका छन् ।
अध्यक्ष थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका हुन् ।
हिन्दु राष्ट्र कायम गराउन राजनीतिक सहमति जुटाउनु पर्नेमा उनको जोड छ । सहमति नभएमा उनीहरु जनमत संग्रहमा जाने चृतावनि दिएका छन् ।
नेपालमा १० लाखभन्दा बढि जनतालाई प्रभावमा पारेर धर्म परिवर्तन गराइएको थापाका आरोप छ । सरकार नै कुनै एक धर्म प्रचारको कार्यक्रममा सक्रियतापूर्वक लाग्नु लज्जाजनक भएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया