सडक दुर्घटना बढ्दै, किन मर्मत हुन सकेन जेब्राक्रसिङ र ट्राफिक लाईट ?

काठमाडौंं । सडक निर्माणमा जुटेको नेपाल सरकारले जेब्राक्रसिङमा ध्यान नदिदाँ सवारी दुर्घटना बढ्दै गएको छ ।

सवारी दुर्घटनालाई नियन्त्रणमा लिन सरकारले विभिन्न नियमहरु लागुपनि गर्दै आइरहेको छ । यसअघि मादक पर्दाथ सेवन गरेर सवारी साधन चलाउन नपाउने नियम हाल पनि लागु भइरहेको छ । तर, सरकारले जेब्राक्रसिङ र लेनमा लगाइएको रंग मेटिदा दुर्घटना बढि रहेको बताइएको छ ।

काठमाडौं उपत्यकाको प्राय जसो सबै सडकमा लगाइएको रंग मेटिएर लेन नै नचिने अवस्था छ भने ट्राफिक लाइट भने कामै नलाग्ने अवस्थामा छ । सर्वसाधरणको अत्याधिक चाप हुने ठाउँ रत्नपार्क, पुलतीसडक, घण्टाघर, पुरानो बसर्पाक र जमलमा जेब्राक्रसिङको नाम निसानै छैन । 

‘बटुवा’ अमिरले लोकपथलाई भने, ‘सरकारले बाटो विस्तारको कामलाई निरन्तरता दिइरहेको छ, त्यो हाम्रो राम्रो कुरा हो, तर आकाशे पुल नभएको स्थानमा कताबाट बाटो काट्ने थाहाँ नै हुँदैन्, यसरी जथाभावी बाटो काट्दा बटुवाहरु दुघर्टनामा पर्ने जोखिम उच्च हुन्छ’ ।  

अमिरका अनुसार सडकमा मेटिएको जेब्राक्रसिङको रंगलाई बेला बेला लगाए दुर्घटनालाई न्युनिकरण गर्न सक्छ । 

त्यस्तै पुतलीसडकमा भेटिएको अस्मिता भण्डारीले सडकको जेब्राक्रसिङको रंग मेटिदा बाटो काट्दा निक्कै समस्या परेको बताइन् । 

‘म जहिले पनि पढन यहाँ आउछु, तर गाडीको चाप धेरै हुन्छ, त्यसमा पनि न त जेब्रा क्रसिङ छ, न ट्राफिक लाइटले नै काम गर्दैन, यसतर्फ सरोकारवालाहरुको चाडैं ध्यान जान जरुरी छ’, उनले लोकपथलाई भनिन् । 

आइतवार मात्रै जमलमा बाटो काट्ने क्रममा एक वृद्धालाई मोटरसाइकलले ठक्कर दियो । तर, ती वृद्धा सामान्य घाइते मात्र भइन् ।

यो त एक उदाहरण मात्र हो । काठमाडौं उपत्यकामा यस्तो घटनाको संख्या निक्कै उच्च छ ।

कसैले बाटो काट्ने क्रममा ज्यानै गुमाएका छन् भने कति जना अङगभङग समेत भएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार पहिलेको तुलनाभन्दा अहिले सडक दुर्घटना कम भएको जनाएको छ । तर, सवारी साधनको गति नियन्त्रण, जेब्राक्रसिङ र ट्राफिक लाइनको मर्मत गर्न नसक्दा सामान्यदेखि गम्भिर प्रकृतिसम्मको दुर्घटना बढ्न थालेको छ ।

त्यसैले यसतर्फ सरोकारवाला र सम्बन्धित निकायलको बेलैमा ध्यान जान जरुरी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?