पाँच सदस्यीय कार्यदलको गठनसहित सकियो अन्तरप्रदेश परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतवारदेखि शुरु भएको अन्तर प्रदेश परिषद्को बैठक सकिएको छ । 

बैठकको निश्कर्षसहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन गरेको छ । 

कार्यदलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका छन् ।

त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहनेछन् ।

संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार उक्त कार्यदलले एक हप्ताभित्र बैठकको निश्कर्षसहितको प्रतिवेदन बुझाउने छ ।

सो कार्यदलले आगामी पुु ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थित कार्यक्रममा प्रतिवेदन बुझाउने छ । 

आइतबारको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सूब्बा गुरुङले आफ्नो धारणा राखेका थिए । 

आजको बैठकमा तीन प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो धारणा राखेका थिए । 

बैठकमा सबै मुख्यमन्त्रीहरुले आफ्ना भोगाइ, समस्या समाधान गर्न चाहेको विषय स्पष्टसँग राखेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको निश्कर्षसहितको प्रतिवेदन सात दिनभित्र बुझाउने र कार्यदल गठन गर्ने र त्यसको निश्कर्षलाई कार्यान्वयनमा लैजाने समेत बताएका छन् । 
    

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?