काठमाडौं । आइतवार ११ बजेबाट शुरु भएको अन्तरप्रदेश परिषद् बैठकको बिफ्रिङ सकिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक समस्या समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठकको बिफ्रिङ सम्पन्न भएको हो ।
बैठकमा संघीय मन्त्रालयका सचिवहरु, प्रधानमन्त्री केपी शर्मा ओली, संघीय मन्त्री तथा प्रदेशका मुख्यमन्त्रहरुको सहभागी भएका थिए ।
बैठकमा उपस्थित सबैले आफ्नो सम्बन्धित मन्त्रालयका कामकारबाहीबारे बिफ्रिङ गरेका थिए ।
सचिवहरुको ब्रिफिङ सकिएपछि केही समयका लागि बैठक ब्रेक गरिएको छ ।ब्रेक लगत्तै मुख्यमन्त्रीहरुले आ–आफ्नो भनाइ राख्ने छन् ।
बैठकमा कानून, गृह र स्थानीय विकास मन्त्रालयका सचिवहरुले कार्य सञ्चालनबारे ब्रिफिङ सकाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
संविधानको भाग २० ले संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध विषयमा उल्लेख गरीएको छ । सोही भागको धारा २३४ मा अन्तर प्रदेश परिषदको प्रस्ताव गरिएको छ ।
संविधानको धारा २३४ मा भनिएको छ, ‘संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहाय बमोजिमको एक अन्तर प्रदेश परिषद रहनेछ ।’
प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा सङ्घीय सरकारका अन्य मन्त्रीहरु पनि सहभागी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया