राजदूत शेर्पामाथि छानबिन गर्न आन्तरिक समिति गठन

काठमाडौं । परराष्ट्र मन्त्रालयले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्ने भएको छ । 

मानव तस्करीको आरोप लागेको राजदूत शेर्पामाथि छानबिन गर्न परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आन्तरिक समिति बनाइसकेको जनाएको छ ।

मन्त्री ज्ञावलीले भने, ‘राजदूत शेर्पामाथि मानव तस्करीको आरोप लाग्नु गम्भीर हो, मन्त्रालयले छानबिन समिति बनिसकेको छ । समितिले दुवै पक्षमाथि छानबिन गर्ने र वास्तविकता बाहिर ल्याउने छ ।’
यसअघि परराष्ट्रले घटनाबारे छानबिन गर्न राजदूत शेर्पालाई काठमाडौं बोलाएको थियो ।

शेर्पामाथि उनका पूर्वचालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि विवाद शुरू भएको हो । 

वाड्चु शेर्पा लगाएको आरोपबारे सत्यतथ्य बुझ्न मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको थियो । 

उता अष्ट्रेलियास्थित नेपाली राजदूतावासले जनाए अनुसार वाड्चुले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि विभिन्न बहाना बनाएको बताए । वाड्चुले अष्ट्रेलियमा बस्न राजदूत शेर्पामाथि झूठा आरोप लगाएको समेत अष्ट्रेलियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?