सभामुखमा एमालेबाट देवराज घिमिरेको सम्भावना

लोकपथ
98
Shares

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेले मौका पाउने भएका छन् ।

नेकपा एमालेले झापा २ बाट निर्वाचित एमाले स्थायी कमिटी सदस्यसमेत रहेका घिमिरेलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

पार्टी अध्यक्ष केपी ओलीले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने संकेत नेताहरुसँगको बैठकमा गरेको एक नेताले बनाएका छन् ।

यस पटक मन्त्रीदेखि सभामुखसम्ममा नयाँ र अवसर नपाएकालाई मौका दिने नीति अनुसार सभामुखमा घिमिरेलाई उम्मेदवार बनाइने भएको हो । यद्यपि, औपचारिक निर्णय भने हुन बाँकी छ ।

प्रतिनिधि सभामा पहिलो पटक निर्वाचित घिमिरे पार्टीमा भने २०४९ को पाँचौं महाधिवेशनबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यसअघि राष्ट्रियसभा सदस्यसमेत रहिसकेका उनी हाल एमालेको प्रदेश १ इन्चार्ज हुन् ।

एमालेभित्र सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईको चर्चा चलेपनि घिमिरेले मौका पाउने देखिएको हो ।

सभामुखको निर्वाचन पर्सी माघ ५ गते हुँदैछ । निर्वाचन प्रक्रिया भने भोलि बुधवार शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?