तनहुँमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या

लोकपथ
70
Shares

तनहुँ । जिल्लाको भानु नगरपालिका–६ बस्ने ४९ वर्षीय सन्त बहादुर गुरूङको धारिलो हतियार प्रहार गरि हत्या भएको छ ।

हत्या गरेको अभियोगमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिस परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भानु नगरपालिका-६ टुहुरे पसलस्थित भित्री सडकमा सन्तबहादुरलाई परियारले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रवती र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?