काठमाडौं । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शव पोष्टमार्टम गर्न थालिएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल)मा शव पोष्टमार्टम गर्न थालिएको गण्डकी प्रदेशका डिआईजी रामदत्त जोशीले जानकारी दिए ।
विमानमा सवार ७२ जनामध्ये २६ जनाको मात्रै शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए ।
पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया