पत्रकार कट्टेलमाथि व्यापारीले गरे हातपात

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर चोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा शुक्रबार व्यापारीले पत्रकार कृष्ण कट्टेलमाथी हातपात गरेका छन् ।

सो क्रममा एक मोबाईल पसल सञ्चालकले संवेदनशिल अंगमा लात्ती प्रहार गरेका कट्टेलले बताएका छन् ।

घटनाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन मिडियाकर्मीमाथी स्थानीय व्यापारी एकसाथ जाईलागेका हुन् ।

सो क्रममा पत्रकार कट्टेलमाथी उक्त मोबाईल सञ्चालक व्यापारीले भौतिक आक्रमण गरेका हुन् ।

‘अरु मिडियाकर्मीसँगै ममाथी जाईलाग्ने क्रममा उक्त मोबाईल पसलेले एक्कासी मलाई तीन लात्ती प्रहार गर्नुभयो । नबुझी जे पायो त्यहि समाचार लेख्ने भन्दै जाईलाग्ने क्रममा उहाँले मेरो संवेदनशिल अंगमा प्रहार गर्नुभयो’ पत्रकार कट्टेलले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?