कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?