प्रहरीद्वारा ‘सिरियल किलर’ सिंह दम्पत्तीलाई सार्वजनिक

लोकपथ
63
Shares
c3f{vfFrL @$ k’;M l;l/on lsn/ l;+x bDkQL ;fj{hlgs oxL k’; !& ut] c3f{vfFrLsf] lztuªuf gu/kflnsf–!) axvf]/sL ^) jifL{of /fwf yfkf, ut sflQsdf u’NdLsf] O:df ufpFkflnsf–% sL &% jifL{of hLjsnf yfkf / ut c;f]hdf slknj:t’sf] ljhogu/ ufpFkflnsf–$ sL &) jifL{of of]udfof u}/]sf] xTof u/]sf] cleof]udf kqmfp k/]sf ef/tLo gful/s ;”;fGt l;+x / pgsL >LdtL lzjf kl/of/nfO{ kqsf/ ;Dd]ngdfkm{t ;fj{hlgs ub}{ lhNnf k|x/L sfof{no c3f{vfFrL . tl:a/M k|]dgf/fo0f cfrfo{÷/f;;

अर्घाखाँची । प्रहरीले अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ गरी सार्वजनिक गरेको छ ।

शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शितगङ्गा–१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत अर्घाखाँची प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरूले शृंखलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए ।

श्रीमतीसँग मिलेर गरेको हत्यारा सुशान्तले बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरू दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?