तीन समुदायलाई सुरक्षित खानेपानीयुक्त घोषणा

लोकपथ
14
Shares

रुकुमपूर्व । सिस्ने गाउँपालिकाका तीन समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएका छन् । गाउँपालिकाको ५ नं वडाको रुमालबारा, ६ नं वडाको आलाचिउरेनी र ढकालबारा समुदायलाई सुरक्षित खानेपानीययुक्त समुदाय घोषणा गरिएको हो ।

ती समुदायका आठ सय १० घरपरिवारका मानिस सुरक्षित पानीको पहुँचमा पुगेपछि यी समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । यी समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नका लागि स्थानीय सरकारको पहिलो कार्यकालमा विसं २०७८ माघ १६ गतेको दिन तत्कालीन गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा बसेको ७३औँ कार्यकापलिका बैठकले खानेपानी गुणस्तर कार्यविधि २०७८ तथा सुरक्षित खानेपानी गुणस्तर कार्यविधि, २०७८ पारित गरी कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?