कांग्रेस बैठक अझै केही दिन लम्बिने

काठमाडौं । विधान मस्यौदा माथि छलफल गर्न बसेको नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक अझै केही दिन चल्ने भएको छ । गत विहीवार देखि जारी बैठकमा विधान संशोधन समितिले बुझाएको मस्यौदा माथि छलफल भइरहेको छ ।

काग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईका अनुसार विधान मस्यौदामाथि आधा केन्द्रिय सदस्यहरुले धारणा राख्न बांकी भएकोले अझै केही दिन लम्बिन सक्छ । केन्द्रिय समितिले पारित गरेको मस्यौदा महासमिति बैठकमा पेश गरिने छ । विधान संशोधन प्रमुख एजेण्डा सहित मंसिर २८ देखि पुस ३ सम्म महासमिति बैठक आव्हान गरिएको छ ।

महासमिति बैठकमा पेश हुने राजनीतिक र आर्थिक प्रतिवेदन पनि एक÷दुई दिनमा केन्द्रिय समितिमा पेश गर्ने तयारी भैरहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?