निगमलाई दैनिक चार करोड नाफा तर, इन्धनको मूल्य २ रुपैयाँ मात्र घट्यो

काठमाडौं –१५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

 

दुई रुपैयाँ घटाएर बेच्दा पनि निगमलाई १५ दिनमा ५६ करोड ५८ लाख नाफा हुनेछ । अहिले दैनिक करिब ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री हुन्छ । यो हिसाबमा दिनमै करिब ४ करोड नाफा हुन्छ । निगमले कम नाफा राखेर समायोजन गरेको भए पेट्रोलियमको भाउ अझै कम हुने थियो ।

निगम प्रवक्ता वीरेन्द्र गोइतले चालू आर्थिक वर्षको सुरुबाटै निरन्तर नोक्सान भइरहेका कारण अहिले नाफा राखेर मूल्य समायोजन गरेको बताए ।नयाँ पत्रिकाले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?