निगमका प्रवन्ध निर्देशक थानीविरुद्ध जाहेरी दर्ता गर्न अख्तियारी

लोकपथ
126
Shares

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च, नेपालले नेपाल आयल निगमका प्रवन्ध निर्देशक तथा सञ्चालक समितिका सदस्य सचिव उमेशप्रसाद थानीसमेतका सञ्चालक समितिका पदाधिकारीविरुद्ध जाहेरी दर्ता गर्न अख्तियारी दिएको छ ।

मञ्चका सचिव तथा अधिवक्तासमेत रहेका जयप्रसाद पौडेललाई जाहेरी दर्ता गर्न अख्तियारी दिइएको महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए ।

शुक्रबार एक पत्रमार्फत् प्रवन्ध निर्देशक थानीसहित सञ्चालक समितिका सदस्यविरुद्ध कालो बजारी तथा अन्य केही सामाजिक अपराध ऐन अन्तर्गतको जाहेरी दरखास्त दर्ता गर्नका लागि अख्तियारी दिइएको जनाएको छ । जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान तथा कारबाहीका सिलसिलामा आवश्यक सम्पूर्ण कामकारबाही गर्न भनिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?