कर्णालीमा पत्रकार स्वास्थ्य बीमा कार्यक्रम शुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारले पत्रकार स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ ।

प्रदेशका लागि नै भनेर प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेकोे हो । कर्णालीका पत्रकार बिरामी, घाइते, अपाङ्गता र मृत्यु भएमा बीमाको सुविधा पाउने छन् । 

पत्रकारको कुनै कारणबस मृत्यु भएमा इच्छाएको परिवारका सदस्यले पाँच लाखसम्मको बीमा सुविधा पाउने छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेश समितिको सिफारिसमा पत्रकारलाई बीमा सेवा दिने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

मन्त्री भण्डारीका अनुसार अहिले पाँच लाखसम्मको पत्रकार स्वास्थ्य बीमा प्रदान गर्ने प्रदेश सरकारले कार्यविधि बनाएको छ । 

कर्णाली प्रदेश सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले स्वागत गरे । भोली मङ्गलबारदेखि लागू हुने गरी सूचना प्रकाशन गरेर १५ दिनभित्र निवेदन आव्हान गरिने मन्त्रालयले जनाएकोछ । 

निवेदन दिनका लागि पत्रकारले महासङ्घ जिल्ला र प्रदेश कार्यालयमार्फत जानुपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?