जुम्लाको तिलामा अटोरिक्सा दुर्घटना हुँदा दुईको मृत्यु

लोकपथ
63
Shares
???????? ???? ??????????–? ????? ?????????? ??????? ??? ?????? ?????????? ?????? ?????? ????? ??????????? ? ??????? ??????????? ?? ???? ????? ????? ????? ???? ???????? ?????? ???? ?????? ?????? ???????? ???????? ?????? ? ? ?????? ? ???? ????, ????

जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क१स ११ नम्बरको अटोरिक्सा दिउँसो २ बजेतिर तिला नदीमा खस्दा जिल्लाको तातोपानी गाउँपालिका–१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

सार्कीको घटनास्थलमै मृत्यु भएको छ । थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । दुर्घटनामा परेको अटोरिक्सा तिला–३ त्रिवेणीमा कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

मृतक दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?