काठमाडौं । जुत्ता उत्पादन संघ नेपालका संस्थापक अध्यक्ष सुरेन्द्र दाहाल सम्मानित भएका छन् ।
भृकुटीमण्डपमा बिहीबारबाट शुरु भएको १६औँ अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन समारोहमा दाहाल सम्मानित भएका हुन् ।
दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले कदर पत्रसहित सम्मान गरेकी थिइन् ।
कार्यक्रममा दाहालले नेपाललाई जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन खेलेको भूमिकाका बारेमा समेत चर्चा गरिएको थियो ।
दाहालले सन् १९७६ मै जुत्ताचप्पल सम्बन्धि विषयमा अध्ययन गरेका थिए । दाहालले देखाएको रुची त्यतिबेला धेरैले हाँसोको रुपमा लिने गरेका थिए । तर उनी आफूले गरेको अध्ययन र रोजेको पेशाप्रति सन्तुष्ट रहेको बताउँछन् ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरुको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले ब्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन् । त्यस्तै उनले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान दिनुपर्ने बताइन् ।
प्रदर्शनीमा नेपाल भारतसहित विभिन्न देशका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया