साइबर अपराध नियन्त्रण तथा रोकथामसम्बन्धी प्रहरीको प्रशिक्षण

लोकपथ
14
Shares

काठमाडौं । कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसनी तथा साइबर अपराधको रोकथाम तथा नियन्त्रण सम्बन्धी छलफल गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजनामा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्लाको भिमदत्त नगरपलिका–५ स्थित अमेटि क्याम्पसको व्यवस्थापनमा क्याम्पसका प्राचार्य रबिन्द्र अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक श्यामसिंह चौधरी रहेका थिए ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष कृष्णप्रसाद बोगटी विशिष्ट अतिथि रहेका थिए । क्याम्पसका शिक्षक र विद्यार्थीको सहभागिता रहेको अन्तरक्रियामा लागुऔषध र साइबर अपराधबारे समाजमा देखा परेका असर, रोकथाम तथा नियन्त्रण सम्बन्धी छलफल तथा प्रशिक्षण कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?