सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन–बुटवल सडक खण्डमा स्तरोन्नतिको काम गर्नुपर्ने भन्दै डिभिजन सडक कार्यालयले दैनिक ६ घण्ट सवारी सञ्चालनमा रोक लगाएको हो । 

बुटवल–तानसेन सडक अन्तर्गत चिडियाखोलादेखि भुतखोलासम्मको सडकको छेउमा रहेका ठूला ढुंगा हटाउनु पर्ने भएकाले सवारी साधन सञ्चालनमा तीन दिन रोक लगाइएको हो । 

सो सडकखण्डमा सोमवार (आज)देखि बुधवारसम्म विहान १० बजेदेखि ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सो समयमा केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारी साधन मात्र चल्न दिने जनाइएको सडक डिभिजनले जनाएको छ ।

अतिआवश्यक सवारीसाधन बाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द हुने डिभिजन सडक कार्यालयका इन्जिनियर पवित्रमणी आचार्यले जानकारी दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?