प्रधानमन्त्रीलाई पुरस्कार दिने मुन भन्छिन्– म जिससकी छोरी ! मेराे अाशिर्वाद ठाउँठाउँमा फैलाउनुस्

आजको नयाँ पत्रिका दैनिकमा पप्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको पुरस्कार दिने युनिफिकेसन चर्चकी प्रमुख हक जा हान मुनको भनाई छापिएको छ ।  

दुई हजार वर्षमा क्रिस्चियनहरुले धेरै गल्ती गरे । इश्वरको इच्छा र आकांक्षा पनि पूरा गरेनन् ।

समाधानका लागि उहाँले मेरा श्रीमानका रुपमा सन् म्योङ पुनलाई धर्तीमा पठाउनुभयो । म जिससकी छोरी हुँ । ममार्फत आशिर्वाद लिएन भने कुनै पनि क्रिस्चियन र कुनै पनि मानव इश्वरको भक्त हुन सक्दैन । यो प्रचार फैलिँदै गएको छ । त्यसैले क्रिस्चियनका गल्ती पनि सुध्रिँदै गएको छ ।

मेरो उपस्थितिमा इश्वरीय क्रियाकलाप गर्दैपर्छ । मेरो आशिर्वाद लिनेले इश्वरको आशिर्वाद स्वतः प्राप्त गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?