सम्झौता कार्यान्वयन भएको छैन : डा गोविन्द केसी

धनगढी– प्रा डा गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केसीले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रहेको बताए ।
 सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पनि मेडिकल कलेज आवश्यक रहेको भन्दै डा केसीले भने, “डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापनाको पहल गर्नुपर्छ ।” डा केसी बझाङमा स्वास्थ्य शिविर सञ्चालन गर्न केही दिनअघि सुदूरपश्चिम प्रदेश आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?