तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
133
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा नै ९ सय रुपैयाँले बढ्दै १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको हो । जुन गत ८ महिना यताकै उच्च मूल्य हो ।

गत वैशाख ५ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ पुगेको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत सोही दरमा बढेर आज प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले मात्रै बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?